मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग

चितवन । आगलागीबाट पीडित एक टेक्निसियनलाई मंगलम पाइप ग्रुप तथा कम्पनीले आर्थिक सहयोग उपलब्ध गराएको छ । चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झा (भाई जी) लाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।
टेक्निसियन झाको घरमा एकहप्ता अगाडि विद्युत सट भई आगलागी हुँदा पूर्ण क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले आज ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ । घर आगलागीको जानकारी पाएपछि कम्पनीले स्थलगत निरीक्षण गरि ‘मंगलम पाइप्स टेक्नीसियनको साथ’ भन्ने नारा अन्तर्गत मंगलम ग्रुप तथा कम्पनीको तर्फबाट राहत स्वरूप उक्त रकम सहयोग गरेको हो ।
सहयोग रकम कम्पनीका क्षेत्रीय अफिसर सुवास क्षेत्री र मंगलम पाइप्स पूर्वी चितवन, मकवानपुरको आधिकारिक डिस्ट्रीब्यूटर आरम्भ सप्लायर्स एण्ड सेनेटरीको संचालक रमेश उप्रेतीको उपस्थितिमा प्रदान गरिएको थियो। उक्त हस्तान्तरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, उक्त क्षेत्रको टेक्निसियनहरुको उपस्थिति रहेको थियो ।
‘कम्पनी संग आवद्ध टेक्निसियनहरु मंगलम ग्रुपको परिवार भएकोले हरेक विपदहरुमा अग्रणी भूमिकामा रहेर सहयोग गर्न मंगलम ग्रुप सदैव तैयार रहेको कम्पनीका प्रवन्ध निर्देशक अभिनभ चुरिवालले बताए । उनले यो सहयोगको सुरुवातले पीीडतलाई थप राहत सहित सहयोगको वतावरण निर्माण होस भन्ने उद्देश्य कम्पनीको रहेको जानकारी दिए ।
मंगलम नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक कम्पनी हो ।