‘एउटा यस्तो प्रेम कहानी’ ले ल्यायो टिजर

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को टिजर रिलिज गरिएको छ । घटस्थापनाको अवसर पारेर रिलिज गरिएको टिजरमा फिल्मका केही महत्वपूर्ण अंश समेटिएका छन् । अभिनेता श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानान्धरको छोरी कविता मानान्धरको मुख्य भूमिका रहेको फिल्म दिपेश सापकोटाले निर्देशन गरेका हुन् । शक्ति र कविताको यो डेब्यु फिल्म हो ।
लामो समय सुटिङमा रुपलिएको फिल्म यसोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् भने फिल्म फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । फिल्ममा कविता, शक्तिको अलवा र शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायको अभिनय रहेको छ ।
https://youtu.be/YTHsj-12_qA