कोरनाले तर्साएको विश्व

रामकृष्ण शिवाकोटी
२९ श्रावण २०७७, बिहीबार १५:०७

आज सिङ्गो विश्व मानवजातिले प्राकृतिक महामारीको रुपमा देखा परेको कोभिड–१९ (कोरना) ले विश्वलाई तर्साएको छ । विश्व समुदायमा आर्थिक, सामाजिक, राजनीति, विश्वलाई आफ्नै किसिमको महामारीको घेराभित्र बाधिदिएको छ । आज संसारका आफुलाई ठूला र शक्तिशाली भन्ने देशहरुलाई, उनिहरुको साथमा रहेका बारुद, एटम बम समेतलाई एउटा जीवाणु कोरनाले तर्साईदिएको छ । मानव समुदायलाई एक्लै, एकान्तमा बस्न बाध्य बनाईदिएको छ । भाईरसले विश्वलाई स्वास्थ भन्दा ठूलो केही होइन भन्ने कुरा प्रमाणित गराईदिएको छ ।

बेलायतीहरुलाई आज पनि आफुलाई विश्व विजेता हुँ भन्ने अहम् छ १ अमेरिकीलाई आज विश्वको सारा गतिविधि हाम्रै नियन्त्रणमा छ भन्ने भ्रम छ ११ अरबीहरु आज पनि आफ्नो जस्तो उच्च इतिहास सन्सारमा नभएको दावी गर्छ्न १११ भारतीयहरु संसारकै धनी संस्कृति आफ्नै हो भनी रवाफ देखाउँछ्न् , हामी नेपालीहरुको जस्तो बहादुरी पू्र्खा कसैको छैनौ भनेर फलाक्छौ । तर के ? बेलायत सधै विश्व बिजेता रहि रह्यो र ? के आज संसारका सारा गतिविधिहरु अमेरिका कै नियन्त्रणमा छ्न र ?  अरबिहरुको अग्रजहरु अहिलेको सन्तान जस्ता सम्पन्न थिए र ? के भारतले सयौं युद्ध हारेको होइन र ? अनि नेपालले आज सम्म पुर्खाले लडेको खुकुरी बाहेक अरु कुनै हतियार बनाउन सक्यो र ? यी सबैको बाबजुद पनि हामी कसैले स्वीकार्न तयार छैनौं १ आफू भित्रको कमजोरीहरु बाहेक हामी असल गुणहरु मात्रै फलाक्छौ अनि जिन्दगी भरी त्यही एउटा गित गाईरहन्छौ ।

कुनै राष्ट्रले आफुलाई कमजोर भनेनन् , कुनै वर्गले आफुलाई सानो सम्झिएनन् , कुनै जातीले आफु भित्रको कमजोरी छ भनेर स्विकारेनन् , फलस्वरूप बोर्डरमा हामीले युद्धको बहानाहरु भेट्यौं ? पासपोर्टको रङ्गहरुमा विभेद खोज्यौ , हतियारको दम्भमा आफुलाई ठूलो ठान्यौ, अहंकारै अहंकारको टक्कामा एक पछि अर्को विनाश गर्दै गयौं ।

यो आलेख तयार पार्दासम्म कोरानाले विश्वभरिमा २ करोड बढी संक्रमित, विश्वमा करिब साढे सात लाखको मृत्यु भइसकेको छ । नेपालमा प्रत्येक घन्टामा १४ नया संक्रमित थपिएका छ्न् । पछिल्लो चरण नेपालमा दैनिकी ३ सय ३५ नया संक्रमित थपिएका छ्न् । पछिल्लो एक साता यता ३ हजार ४२ जना संक्रममित छ्न् । हालसम्म नेपालमा ९१ जनाको मृत्युु र २४ हजार ४ सय ३२ जना संक्रमित भइसकेका छन् । किटको अभावको कारण नेपाल जस्तो अल्पविकसित देशहरुमा परीक्षण ढिलो, समूहमा धेरै संख्यामा गर्न सकिएको अवस्था छैन । नेपालमा प्रत्येक घण्टामा ३ सय ५८ जना कोरना परीक्षण गरिएको पाईएको छ ।

कोभिड १९ अर्थात कोरना भाईरस यस शताब्दीको छैठौं महामारी हो । जसको सामना सिङ्गो मानवजाति गरिरहेको छ । आज कोरनाले मानव समुदायमा यति ठूलो तर्साईरहदा हाम्रा तोपहरुले कोरनालाई पछार्न सकेन, एटम बमले भेट्न सकेन । यसलाई हावाको गतिमा उड्ने ठूलो हवाइजहाजहरुले पनि पत्तै लगाउन सकेन् । संसार भरका अरबौ रुपैयाँहरु किन हतियारमा खर्च भए होलान् ? के ठूलाठूला देशका पोलिसी मेकर पिएचडि होल्डर थिएनन् र ? खोइ त आज कोरनाको बेला ती हतियारहरु कहाँ भागे ? मानिस नै नरहे त्यो दम्भ को सँग ? मानव संसार नै उजाड भए । रिस कसलाई पो देखाउने ? रवाफको के काम देख्नेहरु कोहि छैनन् । त्यसैले हे मानव तिमी आफू मात्रै बाँचेर पुग्दैन, अरुलाई पनि जिवन देउ, जीवन हतियारमा छैन, जीवन शान्तिमा आउँछ । रवाफको लागि बनाएका सबै हतियारहरु नष्ट गरिदेउ । ईष्र्याको आवेगले तयार पारेको शक्ति सबै महासागरमा बिलय गरि देउ । बिनाशकारी बिज्ञानलाई तिलाञ्जली दिएर सिर्जनात्मक बिज्ञानलाई जोड दिऔं । स्वास्थमा जोड दिऔं, ज्ञानको अभिवृद्धि गर्दै, शिक्षामा लगानी गरौं ।

हे अमेरिका संसारका सारा मान्छेहरुका लागि तिम्रो धन खर्च गरिदेउ। धन त्यही काम लाग्दो हो जहाँ मानव उत्थानको निम्ति काम आउँछ । विश्वभरी शान्ति छरिदेउ चीन । तिमी सँग बुद्धत्वको ज्ञान छ फैलाउm यसलाई संसार भर । प्रिय् बेलायत, ज्ञानको भण्डार भरिदेउ संसारमा । तिमीसँग साच्चै ठूलो इतिहास छ । रोटीबेटी दुहाई दिने हे छिमेकी देश भारत, प्रेम रोप वरिपरी, दम्भको तिलाञ्जली दिएर भनिदेउ विश्वलाई तिमी वसुदैव कुटुम्ब माथी विश्वास राख्छौं । अभिप्रेरणा देउ विश्वमाझ जापान, समयमा कसरी चल्नु पर्छ , अरुलाई सहयोग कसरी गर्ने भनेर । भनिदेउ पाकिस्तान,, अल्लाहले कहिले लड्नु र मर्नु भन्नू भएकै छैन ।

पछिल्लो चरण विश्व भरका चार ठूला बैज्ञानिक ल्याबबाट कोभिड– १९ को खोपको परीक्षणहरु भइरहेको छ । यसै सन्दर्भमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार खोप बनेको घोषणा गरेका थिए। उनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका थिए। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको रुसको सञ्चारर माध्यमलगायत विश्वभरका संचार माध्यमा प्रकाशित भएका छन् । बुधवार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने–हाम्रा खोप चाँडै नै उपलब्ध हुने छ्न । उनले आउँदो दुई सातामा खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकहरूलाई दिइने जानकारी दिएका छ्न् । यो विश्वलाई निकै खुशी एवम् सकारात्मक समाचार आएको छ । मेरो तर्फबाट पनि राष्ट्रपति पुटिनलगायत रुसि टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु । विश्व स्वास्थ्य सङ्गठनले यो खोपबारे समीक्षा गर्न आफूले रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको समाचार आएका छ्न् । रुसि टिमले बनाएको खोप प्रति केही देशहरु जर्मनी, फ्रान्स, स्पेन र अमेरिका सबैले यो खोपलाई लिएर सतर्क रहन भनेका छन्। ।

कोभिड– १९ दक्षिणी एसियाको नेपालमा केही दिन यता उच्च जोखिम आएको छ यसको मुल कारण भारतसंग जोडिएका सिमा नाका कडाइका साथ सिल गर्न नसक्नु , कोरना टेष्टका लागि पर्याप्त स्रोतसाधन स्वास्थ सामग्री नहुनु, कोरना जाँच सुस्त गतिमा हुनु र कोरना बिरुद्ध अनुसासित जिवन पद्धति अबलम्बन गर्ने नसक्नु लगायत बिश्व स्वास्थ संगठनले मापदण्ड अनुसार नियम लागू गर्न गराउन नसक्नु मुख्य कारण नेपालमा बन्न पुगेको छ । यस्तै परिस्थिति रहिरहे महामारीको थप भयावह स्थितिको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्न त्यसैले बेलैमा त्यतातिर समबन्धित निकाय , नेपाल सरकार, सचेत नागरिक, बुद्धिजीवी , बौद्धिक ब्यक्तिहरुको ध्यान जान जरुरि देखिन्छ ।

प्रकृतिले हामी सबैलाई समान हैसियत बनाईदिएका छ्न् । प्रकृतिलाई छ्ल्दै हामिले आफ्नो हैसियत आफ्नो ठूलो भन्ने हामी स्वयं मानव मात्रै हौ । दिन प्रतिदिन प्रकृतिको विनास गर्दैर्छौ हामी । हामीले लिएको शिक्षा हामीले दुरुपयोग गर्यौ , प्रकृतिले बारम्बार हामीलाई माथि उठ्न प्रेरित गर्‍यो तर हामीले प्रकृति स्वयंलाई दुरुपयोग गर्यौ, फलस्वरूप प्रकृतिले हामीलाई कहिले कोरोना बनेर, कहिले बर्ड फ्लु बनेर, कहिले भुकम्प बनेर, कहिले आधीबेरी र बाढी बनेर कहिले त कोरना बनेर बदला लिरहेको छ ।

कोरना एक हावाबाट सर्ने जीवाणु हो । यो विरुद्ध लड्न यतिबेला सारा विश्व एकजुट भएको छ । विश्वभर कोरनाको औषधिको ल्याबहरुमा परीक्षणहरु भईरहेका छ्न् । विश्वका सारातन्त्र यसैमा लागि परेका छ्न् । यसलाई सामना गर्न ब्यक्ति स्वयं सचेत हुनु प्रमुख उपाय हो । विश् स्वास्थ संगठनको मापदण्डले लागू गरिएको नियमहरुलाई पूर्णपालना गर्दै आफ्नो देशको सरकारले लगाएको यो महामारीको नियम लागू गर्नु विकल्प केही छैन। यस्तो विषम परिस्थितिमा कसैलाई कोभिड पोजेटिभ समुदाय भित्र देखि हालेमा उनिहरुको मनोबल उच्च बनाउने सकारात्मक सन्देशहरु प्रवाह गर्नु पर्दछ । यस्तो बेलामा उनिहरुको मनोबल गिर्ने , गिराउने हामी कोहि कसैले गर्नु हुन्न । समाज भित्र वा बाहिर यो महामारीको विरुद्धमा एकजुट भई लाग्नु पर्दछ । समाज भित्र कोहि कसैलाई संक्रमण भइहालेमा, लक्षण देखेमा वा शंका लागेमा नजिकैको स्वास्थ चौकी वा प्रहरीकहाँ खबर गर्नु हामी युवाहरुको कर्तव्य हो। संक्रममित ब्यक्तिलाई उनिहरुको मनोबल उच्च पार्ने सन्देशहरु प्रबाह गर्नुपर्दछ । उनिहरुलाई पोजेटिभ सल्लाहहरु प्रदान गर्दै सचेतना साथै उनिहरुको हेरचाह गर्नु पर्दछ । समाजमा हुने नकारात्मक विभेदकारी जडलाई हामी स्वयं युवाहरु ले चिरफार गर्न आवस्यक छ । यो महामारी बाट सुरक्षित सग रहन घरमै बसौ , आफू पनि बचौ । बिश्व स्वास्थ संगठनले तोकिएको नियमहरु पालना गर्दै नजिकैको स्वास्थकर्मीहरु सग सल्लाह लिदै कोरना महामारीबाट बच्न बचाउन हामी सबै लागि परौ । (लेखकः  अनेरास्ववियू मकवानपुर नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु