चेतन सापकोटाले ल्याए ‘मकवानपुरगढी घुम्न जाउँ ’ (भिडियोसहित)

हेटौंडा । मकवानपुरगढीको पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने गरी संगीतकार चेतन सापकोटाले म्युजिक भिडियो ‘घुम्न जाउँ मकवानपुरगढी’ ल्याएका छन् । मकवानपुरगढी गाउँपालिकामा रहेका पर्यटकीय स्थलमा छाँयाङ्कन गरिएको गीतले मकवानपुरगढीमा रहेका पर्यटकीय स्थलको सुन्दरता र ऐतिहासिक पक्षको वर्णन गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँको समेत अभिनय देख्न सकिने ६ मिनेट भन्दा लामो समयको म्युजिक भिडियोमा नेपालकै सबैभन्दा ठूलो र पुरानोगढी मकवानपुरगढी दरबार, रुद्र वाटिकालगायतको स्थानमा छायाँङ्कन गरिएको छ ।
‘‘सहिदले रगत बगाएको, पूर्खाले विरता देखाएको ठाउँ…’ भन्दै गीतमा मकवानपुरगढी दरबार, ढुङ्गे गढी, रुद्र वाटिका, सालक पार्क, मनकामना मन्दिर, विजय पार्क, ऋषेश्वर, रानि डाँडा, सामरी, मक्रान्चुली, सुकौरा, बुढीचौर, पदमार्ग, फुटसललगायतका स्थानको बयान गरिएको छ ।
मकवानपुरगढीमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने भिडियोको गीत लेखन, संगीत, स्वर र निर्देशन चेतना सापकोटा आफैले गरेका छन् । भिडियोमा सापकोटासँगै अन्य कलाकारको अभिनय रहेको छ । भिडियोमा गढीका जनप्रतिनिधि, राजनीतिक अगुवासँगै स्थानीयलाई समेत देख्न सकिन्छ । पर्यटकीय स्थललाई आकर्षकसँग कदै गरिएको र गीतले पनि गढीको समग्र पर्यटकीय अवस्थालाई समेटेका कारण प्रचारप्रसारमा फाइदा पुग्ने छ ।