लकडाउन बारे यसो भन्छन् सामाजिक विकास मन्त्री युवराज दुलाल

युवराज दुलाल
५ बैशाख २०७७, शुक्रबार १०:५४
युवराज दुलाल

हिँड्न दिने गाडिमा गुड्न नदिने यो लकडाऊन भएन। यस तरिकाले एकातिर लामो दुरि तय गरि हिड्नेलाई त दुःख पिडा भएकै छ, देख्नेलाई पनी उत्तिकै हेर्न नसक्ने गरि पिडानूभूति भएको छ र संक्रमणको जोखिम झनै बढेको छ। अब के गर्ने, पहिला घटनाक्रम हेरौं ।
किन भयो यस्तो ?
–सबै पक्षबाट लकडाउनको पालना नभएर कसरी ?
–आमनागरिकलाई जहाँ छौ त्यही बस भनियो र दैनिक ज्यालादारी श्रमिक, अति बिपन्न र कोठा भाडामा बसेका र सहयोगको आवश्यकता भएका बिध्यार्थी आदीलाइ स्थानीय सरकारमार्फत राहतको व्यबस्थ गर्ने भनियो, त्यो व्यबस्थित कार्यान्वयन भएन ।
– सरकारमा लकडाउन बीच पनि केही उपाय गरि पठाउन छलफल चल्यो, तर नागरिकदेखि तीन तहका सरकारसम्म त्यस्को लागि तयार भएन् । केन्द्र सरकारनै बिबादमा फस्यो । अहिले पनि गाउँगाउँमा बाहिरबाट कोही नआइदियोस भन्ने आवाज छ, कतीपय वडाका जनप्रतिनिधि सहितको सहभगितामा सयौं ठाउँमा बाटो अबरुद्ध पारिएको छ । आफ्नो परिवारको सदस्य रातारात ल्याऊने अनि अरुलाइ बाटो छेक्ने मानसिकता पनि बाँकी नै छ ।
–देश अहिले कोरोना संक्रमणको उच्च जोखिममा छ । सबै परिस्थितिको सामना गरि यो भाईरस सक्रमणबाट बच्न र बचाउन सबै जिम्मेवार बन्दै
अब यसो गर्ने ः–
१) केन्द्र सरकारले प्रदेश सरकारलाई आफ्नो प्रदेशको नागरिक लान स्विकृती दिने,
२) ७ ओटै प्रदेशका सरकारले आफ्ना प्रदेशका नागरिकलाई प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात जसरि चीनबाट बिध्यार्थी ल्याइएको थियो त्यसैगरि सवारी व्यबस्थापन गरि सुरक्षित तरिकाले सम्बन्धित पालिका पुर्याउने,
३) सबै पालिकाले प्रारम्भिक स्वास्थ्य परिक्षण गरि आफ्ना नागरिकलाई क्वारेण्टाईनमा राख्ने व्यबस्था गर्ने,
४) सुरक्षाको ऊपाय अवलम्बन गरि कृषी उत्पादनका काम जारी राख्ने, भइरहेको पनि छ।
५) सबैले लकडाउनलाई एक जटील परिस्थितीको रुपमा स्विकार गरिसकेपछी विभिन्न कष्ट व्यहोर्नू पर्ने कुरालाइ पनि आत्मसात गर्ने ।
यी लगायतका बिषय बागमती प्रदेस सरकारमा छलफलभइ केन्द्र सरकारबाट निर्णय गराऊन मुख्यमन्त्री सहित हामी सबै प्रयत्नरत छौं।
सकरात्मक सोचौँ, सबै मिलेर चुनौतिको सामना गरौं। धन्यवाद

(बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई प्रस्तुत गरेका हौ ।)

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु