अमर न्यौपानेले लेखेको लघु फिल्म ‘देशमाथि’ सार्वजनिक

लेखक तथा साहित्यकार अमर न्यौपानेले लेखेको लघु फिल्म “देशमाथि” युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
फिल्ममा विदेशमा कर्मथलो बनाएर बसे पनि नेपालीको मन देशमाथि नै हुन्छ भन्ने भाव समेटिएको छ । उक्त लघु फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको छ ।
यो लघु फिल्ममा दिपेश रेग्मीको निर्देशन तथा सम्पादन छ भने विशाल ढकालले अभिनय गरेका छन् । यस्तै फिल्ममा भैरव रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देवकोटा लगायतले अभिनय गरेका छन् ।
नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावाद को कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ। फोस्तास तालकाले छायांकन गरेको यो लघु फिल्म अंग्रेजी सबटाइटलमा आर्जब पौडेले तयार पारेका हुन् ।