लकडाउन कहिलेसम्म ?

अधिवक्ता ध्रुवप्रसाद चौलागाईं
१४ चैत्र २०७६, शुक्रबार ०९:५५

कोरोनाको उपचारको लागि लगाईएको लकडाउन १४ दिन भन्दा कमलगाएर यस्को कुनै अर्थ छैन त्यसैले तपाई ढुक्क हुनुस यो पक्कै थपिने छ। लकडाउन गर्नु भनेको एक ठाउँबाट अर्को ठाउँमा मानिसहरु नजाउन र भाईरस नसरोस भन्ने नै हो। नेपालमा कोरोनाभाईरस छैन।यो विदेशबाट आउनेहरुकै कारणले सर्ने भएकोले हाम्रो देशले बिदेशबाट आउनजान रोक लगाएको १४ दिनसम्म हेर्ने हो। यो १४ दिनमा को मानिस कहाँबाट आए भन्ने एकिन गर्न नसकेकोले लकडाउन गरेर यथास्थितिमा मानिसहरु बसुन भन्ने नै हो। तर दुर्भाग्य लकडाउनपछि विदेश र हाम्रो सहरमा भएकाहरु गाउँतिर हिँडे जस्को कारणले लकडाउनको समय अझै बढाउनु पर्ने वाध्यता भयो।

अब बिदेशबाट नेपाल आएका र सहरबाट गाउँ गएकाहरुलाई १४ दिन सम्म रोग लाग्छ कि लाग्दैन भनेर कुर्ने र हेर्ने नै हो।कोरोना भाईरस १४ दिनसम्ममा
देखापर्ने भन्ने बिज्ञहरुको जानकारी भएकोले मानिसहरु छरिएर १४ दिनसम्म जाँहाजाँहा पुगे यदी उनिहरुलाई कोरोना लागेको भएपनि बिरामी भएर अस्पतालमा पुगेर उपचार गराउँछन। यदी उनिहरुलाई १४ दिनसम्ममा कोरोना लागेको छैन भन्ने प्रष्ट हुन्छ । यो लकडाउन कम्तिमा १४ दिन र मानिस अझै छरिएर हिँडे भने २१, दिन वा ३० दिनसम्म वा जवसम्म बाहिरबाट आएका मानिसहरुको सम्पर्कमा रहेको समय १४ दिन पुग्दैन तबसम्म लकडाउन गर्नैपर्दछ । कोरोनाको यो भन्दा सफल उपचार र सक्रमण रोक्ने अर्का उपाय कुनै छैन त्यसैले लकडाउनलाई टोलटोलमा पालना गर्नु गराउनु नै पहिलो उपाय हो।

यसरी लकडाउनबाट हामीले शुद्धिकरण गरिसके पश्चातपनि बिदेशबाट वा सहरबाट गाउँ आउनेहरुको उचित रेकर्ड हामीले राख्न सकेनौ र ध्यान दिन सकेनौ भने कोरोना पुनःजुनसुकै बेलापनि महामारिको रुपमा फैलन सक्दछ । त्यसैले हामी आफैले टोल छिमेकका साथी नातेदार सबैलाई परिवार र समाजका लागि उनिहरुले आफ्नो सुरक्षा आफै गर्ने रसर्तकता अपनाउने कुरालाई ध्यान दिनु अहिलेको प्रमुख कुरा देखिएको छ। अर्का तर्फ कोरोनाको महामारी रोक्नको लागि सबैले सम्पर्क गर्नै पर्ने र रोग लागेपछी जाने अस्पतालहरुमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र यससंग सम्बन्धित कर्मचारीहरु एकअर्कासंग सम्पर्कमा रहने हुँदा यदि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र यससंग सम्बन्धित कर्मचारीहरु सुरक्षीत हुँदैनन भने उनिहरुबाट नै रोग फैलनेछ।उनिहरुलाई सुरक्षीत गर्नुहाम्रो पहिलो काम हो त्यसैले उनिहरुले लगाउने सुरक्षा सामाग्रीहरु अनिवार्य रुपमा उपलब्ध गराउनु पर्दछ। अहिलेकै अवस्था हेर्दा प्रयाप्त सामाग्री नभएकोले हामी उपचारमा संलग्न हुन सक्तैनौ भन्ने नर्स, डाक्टरहरुको कुरा सुन्दा रोग लागेर अस्पताल जानु अहिले झनै जोखिम रहेको छ भन्ने देखिएको छ। यसतर्फ पनि हामीले सजग हुनुपर्दछ र उनिहरुलाई सुरक्षीत बनाएमा मात्रै हामी सुरक्षित हुन सक्दछौ । त्यसैले यसतर्फ पनि सबैको ध्यानजानु आवश्यक छ।

राज्य आमनागरिकको संरक्षक हो त्यसैले लकडाउनमा ज्याला गरेर खाने र यात्राको क्रममा अलपत्रपरेका र खान नपाउनेहरुलाई बस्ने र खाने व्यवस्था राज्यको तर्फबाट स्थानीय प्रशासनले गर्नैपर्दछ। एसईईको परीक्षा रोकेर सरकारले नराम्रोपो गरेको थियो कि भन्ने अभिभावकहरुले अहिले अघिल्लो दिननै किन परीक्षा रोकियो भन्ने कुरा बुझदै आउनुभएको छ।यो लकडाउन कति आवश्यक थियो भन्ने पनि हामीले क्रमशः बुझदै गएका छौ।विश्वका सम्पन्न मुलुकहरुमा पनि अहिले स्वास्थ्यकर्मीहरुमा सुरक्षा सामाग्रीको कमी भएको भन्ने समाचार पनि हामी सबैले पाएका छौ। उपचार गर्न अस्पतालमा बेड नभएको र निश्चित उमेर हद भएकाहरुको उपचार गर्न नसकेको भन्ने पनि हामीले पढेका छौ।यो नियन्त्रण गर्नु कठिन हो भन्ने हामीले मनन गर्नै पर्दछ। स्वतन्त्रता र मानवअधिकारको पुर्णस्वतन्त्रता भएका मुलुकहरुमा नै यसको माहामारी अनियन्त्रित भईरहेको छ।त्यसैले स्वतन्त्रताको नाममा छाडा हुनेहरु लाई पनि कोरोनाले नियन्त्रण गरेको छ।अब समाजमा हात मिलाउने, अंगालो हाल्ने अनि मुखै जोडेर माया देखाउने संस्कारहरु हात जोडने र हात हल्लायर अभिबादन गर्ने तहसम्म सिमित हुनेतर्फ विकशित हुने देखिएको छ।पश्चिमा संस्कृतिको नक्कल भन्दा हाम्रै संस्कृति राम्रो थियोभन्ने आभाष पनि हुँदै गएको छ।

पश्चिमा महिलाबादीहरुले सेक्स नितान्त व्यक्तिगत कुरा हो र यो जती जनासंग गरेपनि हुन्छ भनेर महिलास्वतन्त्रताको नाममा चलाएको खुलासेक्स स्वतन्त्रताको आन्दोलनलाई एडसको माहामारीले नियन्त्रण गर्दै यो एकव्यक्तिमा मात्रै सिमित रहनु नै ठिक रहेछ भन्ने अवस्थामा ल्याएको थियो।त्यसैले संसारका हरेक गतिविधिहरु लाई प्रकृतिले समयसमयमा आफै नियन्त्रण गर्दै आएको ईतिहास पनि छ त्यसैले यो कोरोनाले पनि मानव सभ्यतालाई सभ्य बनाउने बटोतिर उन्मुख गराउने छ भन्ने आशा गरौ। वर्तमान अवस्थामा सबै राष्ट्रहरुले कोरोनाको उपचारमा अपनाएको लकडाउन पद्धति नै सबैभन्दा सफल पद्धती भएकोले लकडाउन नबढाउनको लागि हामी सबैले आ–आफ्नो ठाउँ बाट पालनागरौ, गराऔ र अन्यत्रबाट गाउँछिमेकमा आएकाहरु सबैको रेकर्ड तपाई हामीले नै राखी एकअर्कालाई सहयोग गरौ कोरोना मुक्त बनाऔ।
लेखक जनसरोकार केन्द्र, मकवानपुरको संयोजक र नेपाल राष्ट्रिय अभिभावक संघ,मकवानपुरका अध्यक्ष समेत हुन् 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु