पेटमा छुरा प्रहार गरी छिमेकीको हत्या

बाइलाइन नेपाल
१७ फाल्गुन २०७६, शनिबार ०८:१३

रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिएका जानकारी दिएका छन् ।

डीएसपी कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलमको नाउमाथि परेको थियो । शुक्रवार राती आफ्नो घरबाट छुरा लिएर मुस्ताक आलम अब्दुल खैरलाई खोज्दै जाँदा हँथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो ।

मोटर चोरीमा नाम लगाउने बिषय लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कुटपिटपछि आक्रोसित मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए । छुरा प्रहारगरे लगतै मुस्ताख आलम जमुनिया बाट फरार भएका थिए ।

घटनापछि विभिन्न प्रहरी कार्यालयबाट झिकाइएको प्रहरी टोलीले गाउँ घेरा हालेको थियो ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका–६ खतवहिया गाँउबाट राति ११ बजे पक्राउ गर्न सफल भएको जानकारी दिएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु